१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुक्खा पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:११:oo

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका– १४ को मझुवा देउरालीस्थित प्रहरी चौकीनजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले बताए। अहिले आँबुखैरेनीबाट गोरखा आउनेतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै रोकिएका छन् ।   
 

ad
ad