१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले मंसिरमा मध्यपहाडी राजमार्गमा बृहत् पदयात्रासहित अभियान सञ्चालन गर्ने

तिहारलगत्तै पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

नेकपा एमालेले आगामी मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित बृहत् पदयात्रा र जनसंवाद अभियान चलाउने भएको छ।

सिराहामा बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए। अभियानअघि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय भएको पनि उनले जानकारी दिए।

तिहारलगत्तै सुरु हुने अभियान दुई साताभन्दा बढी समय चल्नेछ। कञ्चनपुरको झुलाघाटदेखि पूर्वी सिमाना पाँचथरको चिवा भञ्ज्याङसम्म राजमार्गकेन्द्रित अभियान चलाइने ज्ञवालीले बताए।

सिराहाको धनगढीमाई नगरपालिका ४ को सर्रे अम्बासमा बुधबारै एमाले अध्यक्ष केपी ओलीले सहिद स्तम्भको शिलन्यास गरेका छन्। जहाँ, तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन सम्पन्न भएको थियो।

महाधिवेशनले मदन भण्डारी महासचिव निर्वाचित भएका थिए भने जनताको जनवादी व्यवस्थाका लागि बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा पार्टीलाई अगाडि बढाउने तथा नेकपाका संस्थापक महासचिव पुष्पलालको नीतिअनुसार निरंकुश पञ्चायती व्यवस्था अन्त्यका लागि कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने निर्णय लिएको थियो।

महाधिवेशनका तिनै महत्वपूर्ण निर्णयहरूको स्मरण गर्दै बैठकले विशेष प्रस्तावसमेत पारित गरेको छ।