१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Saturday, 21 September, 2024
२o८o भदौ १३ बुधबार o८:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भूमि आयोगले विद्यालयको तीन बिघा चार कट्ठा जग्गा किर्ते गरी व्यक्तिका नाममा गरेको खुलासा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार o८:४५:oo

भूमि आयोगले सिराहा नगरपालिका– १० नरैहियामा रहेको आधारभूत विद्यालय सुन्दरपुरको तीन बिघा चार कट्ठा जग्गा किर्ते गरेर व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । 

साबिक हनुमाननगर प्रम गाविस– ८ ‘ख’ (हाल सिराहा नगरपालिका– १० नरैहिया)को कित्ता नम्बर २४९ को तीन बिघा चार कट्ठा १५ धुर जग्गा स्थानीय बीरे मुखियाको नाममा ३ मंसिर ०५५ मा नामसारी गरिएको हो । जग्गाधनी दर्ता श्रेस्तामा तत्कालीन सुकुमबासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष प्रमोद ठाकुर र नापी निरीक्षक हरिचन्दको हस्ताक्षर छ ।

विद्यालयले सोधखोज गरेपछि जग्गा फिर्ताको निवेदन
विद्यालयले सोधखोज गरेपछि मुखियाले हालै मात्र जग्गा फिर्ता गर्ने निवेदन भूमि आयोगको सिराहा कार्यालयमा दिएका छन् । मुखियाले निवेदनमा भनेका छन्– ‘राष्ट्रिय भूमि आयोगले मेरो नाममा दर्ता गराई लालपुर्जासमेत बनाई दिएको जग्गा हाल आधारभूत विद्यालय सुन्दरपुरकै नाउँमा रहने गरी मेरो नामको उक्त जग्गा बदर गरी निवेदन पेस गरेको छु ।’ 

विद्यालयले ३२ साउनमा सिराहा नगरपालिका– १० को वडा कार्यालयलाई पत्राचार गर्दै ‘बीरे मुखियाले विद्यालयको नाममा रहेको जग्गाको सुकुमबासी समस्या समाधान आयोगबाट किर्ते जग्गाधनी दर्ता श्रेस्ता बनाएर हकदाबी गरिरहेको’ भन्दै छानबिन गरी कारबाही गर्न माग गरेको छ । प्रधानाध्यापक कृष्णदेव यादवले विद्यालयको जग्गा हडप्न किर्ते कागजात तयार गरेको पाइएको बताएका छन् । वडा कार्यालयले उक्त जग्गा विद्यालयको नै भएको प्रमाणित गरिदिएको छ । वडाध्यक्ष दीपक मुखियाले किर्ते प्रमाणपुर्जा बनाएको जग्गा विद्यालयको भएको प्रमाणित गरेका हुन् ।