१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ १२ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार दोषी ६ वर्षपछि घरबाटै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १८:५८:oo

उदयपुरमा जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएको ६ वर्षपछि एक फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका– १ पाडारे बस्ने ३० वर्षीय मीनबहादुर श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ०७४ जेठ २३ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १२ वर्ष ५ महिना २६ दिन कैद सजाय तोकिएको छ। जुन फैसलाबाट दोषी ठहरिएका श्रेष्ठ ६ वर्षपछि मंगलबार पक्राउ परेका हुन्।

प्रनाउ श्रेष्ठका अनुसार फैसलापछि श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाएको प्रहरीले जनाएको छ।