Skip This
इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Tuesday, 11 August, 2026
२o८o भदौ १२ मंगलबार १४:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १४:२५:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ। मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो। 

मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो। 

ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो। 

उक्त आदेशविरुद्ध इमरानले उच्च अदालतमा पुनरावेदन गरेका थिए। पाकिस्तानमा अबको केही महिनामा आमनिर्वाचन हुँदै छ।