१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा डेंगुको जोखिम बढ्दो, चार हजारभन्दा बढी संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेशका १३ जिल्लामा दैनिक संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ। मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार गएको पुस १७ देखि भदौ १० गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या चार हजार एक पुगेको छ।

गत साउन १६ देखियता २७ दिनमा मात्रै बागमती प्रदेशका १३ जिल्लामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ। यस अवधिमा प्रदेशका १३ जिल्लामा दुई हजार आठ सय २६ जना संक्रमित थपिएका छन् भने डेंगुको संक्रमणबाट चारजनाको ज्यान गएको छ। यसअघि गएको पुस १७ गतेदेखि साउन १५ सम्म सात महिनाको अवधिमा बागमती प्रदेशका १३ जिल्लामा जम्मा आठ सय ६२ जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो। यस्तै, यो अवधिमा कसैको पनि ज्यान गएको थिएन।

पुस १७ यता प्रदेशको धादिङ जिल्लामा सबैभन्दा बढी दुई हजार पाँच सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै मकवानपुरमा दुई सय ७८, ललितपुरमा एक सय ९४, काठमाडौंमा चार सय १०, चितवनमा एक सय ७५ र भक्तपुरमा एक सय ३४ जनामा डेंगुका संक्रमण भएको छ। यसैगरी, नुवाकोटमा ७९, काभ्रेमा ३९, रामेछापमा ४२, सिन्धुली २७, सिन्धुपाल्चोकमा १४, दोलखामा १२ र रसुवामा ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

यसअघि मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा एक सय १८, जुलाईमा आठ सय ६२ जनामा डेंगु संक्रमण भएकोमा अगस्ट १ देखि २७ सम्म आइपुग्दा प्रदेशमा चार हजार एकजनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

चारजनाको ज्यान गयो
बागमती प्रदेशमा डेंगु संक्रमणका कारण अहिलेसम्म चारजनाको मृत्यु भएको छ। ललितपुरमा दुई तथा धादिङ र मकवानपुरका एक–एकजनाको डेंगु संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार डेंगु संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ।