१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा, महासचिवमा महेश श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन्। 

काठमाडौंमा आइतबार सम्पन्न स्थायी कमिटी बैठकले लामालाई अध्यक्षमा चयन गरेको हो। स्थायी कमिटीले लामालाई अध्यक्ष र महेश श्रेष्ठलाई महासचिवको जिम्मेवारी दिई केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। 

पुनर्गठित कमिटी ३०१ सदस्यीय रहेको लामाले जानकारी दिइन्। उनले अब शैक्षिक र महाधिवेशनकेन्द्रित गतिविधिमा संगठनलाई केन्द्रित गर्ने जानकारी दिइन्। 

लामाका अनुसार आगामी फागुनसम्म महाधिवेशन गर्ने तयारी रहेको छ। ‘देशव्यापी रूपमा संगठनलाई सशक्त बनाउनेछौँ। मुख्यतः शैक्षिक एजेन्डा र महाधिवेशनमा हामी केन्द्रित हुनेछौँ,’ लामाले भनिन्। 

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनेपछि सुदेश पराजुलीको नेतृत्वमा अनेरास्ववियू गठन भएको थियो। एमालेमै हुँदा पराजुलीकै नेतृत्वमा समानान्तर कमिटी बनेको थियो। पराजुली अब पार्टी जिम्मेवारीमा रहने भएका छन्।