१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o७:oo

उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरेकाे अभियाेगमा सजाए पाएपछि फरार रहेका चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अनुसार पक्राउ परेका चौधरीले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा ०७५ असार १२ गते जिल्ला अदालतबाट ११ महिना कैद र ५० रुपैयाँ जरिवानाको सजाय पाएका थिए। ‘पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनका लागि पठाएका छौँ,’ प्रनाउ चौधरीले भने।

अदालतबाट फैसला भएपछि फरार रहेका चौधरीलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चौदण्डीगढी नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

ad
ad