१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o४:oo

प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको शुक्रबार सम्पन्न छैटाैँ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले केही महिनापछि बैंक सञ्चालनमा आउने बताए । 

बैंकलाई स्वीकृति दिन सबै सरोकारवाला निकाय सकारात्मक देखिएको उनले बताए । यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायत उच्च अधिकारीसमक्ष प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले बैंक स्वीकृति दिन सकारात्मक रहेको बताए । 

साढे दुई अर्ब चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि देशव्यापी रूपमा विस्तार गरिने उनले जानकारी दिए । सहकारी ऐन, २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा संघ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, ०७७ माघ १० गते सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम सहकारी विभागमा बैंक सञ्चालन गर्न निवेदन दर्ता भएको थियो । ०७८ जेठ २४ गते सहकारी विभागबाट नेपाल राष्ट्र बैंकको नाममा ‘प्रस्तावित सहकारी बैंक’लाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिपत्र उपलब्ध गराउन पत्राचार भएको थियो ।