१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई करोड बढीको अवैध सामानसहित दुई ट्रक भैरहवा भन्सारको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

भैरहवा भन्सार कार्यालयले दुई ट्रक नियन्त्रणमा लिई अवैध सामान बरामद गरेको छ। एउटा सामान भनेर भित्र अन्य सामान ल्याएको गोप्य सूचनाका आधारमा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले जानकारी दिए।

ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय मालबाहक ट्रकमा प्लास्टिकका दाना भनेर ल्याएको सामान चेकजाँच गर्दा कपडा र काजु किसमिसलगायत भेटिएको कार्यालय प्रमुख पौडेलले बताए। ‘भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लास्टिकका दाना भनेर घोषणा गरेका थिए,’ उनले भने, ‘हामीलाई पहिले नै सूचना आएको थियो।’

बरामद भएका खाद्य सामान दुई करोड मूल्यबराबरको रहेको भन्सार प्रमुख पौडेलको भनाइ छ। उनका अनुसार चालकहरू फरार रहेका र सामान कसको हो भन्ने अनुसन्धान भइरहेको छ।