१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ८ शुक्रबार ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच लाख रुपैयाँबराबरको गहनासहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार ११:४५:oo

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढी बसपार्कबाट प्रहरीले पाँच लाख रुपैयाँ मूल्यबराबरको चाँदीजस्तो देखिने सेतो धातुका गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

ठाढी प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले ठाढी बसपार्कमा चेकजाँचको क्रममा बिहीबार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका भारत मधुबनी जिल्लाको बरहमपुरा– ३ बस्ने करिब ५२ वर्षीय विश्वनाथ साहलाई चाँदीजस्तो देखिने सेतो धातुका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार साहले कम्मरमा बाँधेको कपडामुनि करिब पाँच किलोग्राम तौलका सेतो धातुका गहना बरामद भएको छ। 

बरामद गरिएका सेतो धातुका गहना आवश्यक प्रक्रिया पुर्‍याई ठाढी भन्सार कार्यालय बुझाइएपछि भारतीय नागरिक साहलाई पनि थप अनुसन्धान गरी भन्सार कार्यालयमा बुझाउने तयारी रहेको  प्रहरीले जनाएको छ।