१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३८:oo

 हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगन्जमा रहेको कान्ति बाल अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । 

बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यसवरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने जनाइएको छ । अस्पतालमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गर्ने सहमति भएको उल्लेख छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई सहयोगको प्रतिबद्धतापत्र प्रदान गरेको जनाइएको छ । 

उक्त अवसरमा अस्पतालका निर्देशक डा. युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मीलगायतको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अतिआवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए । 

ad
ad