Skip This
साउनमा राजस्व : लक्ष्यको ८८.५२ प्रतिशत उठ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ८ शुक्रबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साउनमा राजस्व : लक्ष्यको ८८.५२ प्रतिशत उठ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o६:२७:oo

 चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन मासिक लक्ष्यको तुलनामा ८८.५२ प्रतिशत मात्रै उठेको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको साउनकै तुलनामा २.२९ प्रतिशतले राजस्व घटेको छ । साउनमा ९९ अर्ब ५७ करोड २५ लाख राजस्व उठाउने सरकारी लक्ष्य थियो । गत आर्थिक वर्षको ७९ अर्ब ७२ करोड २५ लाख राजस्व उठेको थियो । 

 भन्सार महसुलमा सुधार
साउनमा आयात खस्किए पनि भन्सार महसुलमा भने सुधार आएको छ । पोहोर साउनको तुलनामा ५.६५ प्रतिशतले भन्सार महसुलमा सुधार आएको हो । गत आवको साउनमा १३ अर्ब ८६ करोड मात्रै संकलन भएकोमा यसपालि १४ अर्ब ६५ करोड भन्सार महसुल उठेको छ । यद्यपि, महसुल लक्ष्यको ६३.६४ प्रतिशत मात्रै महसुल संकलन भएको छ । 

 कमजोर बन्दै भ्याट
मूल्य अभिवृद्धि कर संकलन पोहोरको तुलनामा कमजोर देखिएको छ । पोहोर साउनमा २४ अर्ब ९१ करोड ३७ लाख रुपैयाँबराबर मूल्य अभिवृद्धि कर उठेकोमा यसपालि २३ अर्ब ८६ करोड ७० लाख रुपैयाँ मात्रै संकलन भएको छ । यो ४.२० प्रतिशतको गिरावट हो । त्यस्तै, मासिक लक्ष्यको ९२.४२ प्रतिशत उठेको हो । 

 अन्तःशुल्कसमेत घट्यो
साउनमा १३ अर्ब ४७ करोडको अन्तःशुल्क उठाउने लक्ष्य राखेको सरकारले ११ अर्ब तीन करोड संकलन गरेको छ । यो लक्ष्यको ८१.८४ प्रतिशत हो । पोहोरको तुलनामा ६.८९ प्रतिशतले अन्तःशुल्क संकलन घटेको छ । गत आर्थिक वर्षको साउनमा ११ अर्ब ८४ करोड ६९ लाख अन्तःशुल्क उठेको थियो । शिक्षा सेवा शुल्कमा भने लक्ष्यको तुलनामा बढी राजस्व उठेको छ । २० करोड ३२ लाखको लक्ष्य राखिएकोमा २८ करोड ९६ लाख संकलन भएको छ । पोहोर १५ करोड ३३ लाख मात्रै उठेको थियो । 

 आयकरमा सुधार
राजस्वका प्रमुख स्रोतमध्येको एक आयकर संकलनमा सुधार आएको छ । पोहोर साउनमा १९ अर्ब ८५ करोड मात्रै संकलन भएकोमा यो साउनमा २० अर्ब ३३ करोड उठेको छ । पोहोरभन्दा २.४१ प्रतिशतले आयकर संकलन बढेको हो । तर, लक्ष्यको तुलनामा ७७.६७ प्रतिशत मात्रै आयकर उठेको छ । साउनमा सरकारले २६ अर्ब १८ करोड आयकर उठाउने लक्ष्य राखेको थियो । त्यस्तै, गैरकर राजस्वमा झिनो सुधार आएको छ । पोहोर नौ अर्ब आठ करोड मात्रै गैरकर उठेकोमा नौ अर्ब ६९ करोड गैरकर संकलन भएको छ । 

ad
ad
ad
ad