१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ७ बिहीबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार बञ्जाडेलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ७ बिहीबार १२:१०:००

यस वर्षको हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ। लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार बञ्जाडेलाई प्रदान गरिने भएको हो।

डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको आठौँ वार्षिक पुण्य स्मृति दिवस पारेर २१ भदौमा प्रदान गरिनेछ। एक दशकभन्दा बढी समयदेखि आर्थिक पत्रकारिता गर्दै आइरहेका बञ्जाडेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो।

डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा विजयराज खनाललाई प्रदान गरिएको थियो।