१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:११:oo

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ। सडकको लमजुङ खण्डमा पर्ने  घोप्टेभिर, रामबजार र  च्याम्चेमा पहिरो खस्दा बिहीबार बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको हो। 

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको बताए। उनका अनुसार पहिरो सफा गर्न बिहानबाटै मेसिन परिचालन भएको र बिहान ८ बजेसम्ममा  बाटो सञ्चालन हुनेछ।

यता, बेँसीसहर नगरपालिका– ६ खरखरे भिरमा ठूलो पहिरो गएकाले पहिरो खुलाउन भने समय लाग्नेछ । वर्षायाममा दैनिकजसो पानी पर्दा  सडकका विभिन्न ठाउँमा झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ।

बर्सेनि पहिरोले पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी बेँसीसहर हुँदै विभिन्न स्थानमा जाने मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा यो सडक बन्द हुँदा समस्यामा पर्ने गरेका छन्।
 

ad
ad