१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ६ बुधबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालिका बलात्कार र हत्याका आरोपित पुर्पक्षका लागि थुनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार २o:४७:oo

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा २० वर्षपछि पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

पाँच वर्षकी नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई बुधबार जिल्ला न्यायाधीश ऋषिराम निरौलाको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अभियुक्त राईले १८ असो ०६० मा बलात्कारपछि नाबालिकाको हत्या गरेर हेटौँडा– १० स्थित राप्तीखोलामा ढुंगाले च्यापेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

घटनाको भोलिपल्ट बालिकाको शव भेटिए पनि अभियुक्त राई फेला परेका थिएनन् । २० वर्षपछि अभियुक्त राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरीको संयुक्त पहलमा गत १३ साउनमा ललितपुरबाट पक्राउ गरी हेटौँडा ल्याइएको हो ।