१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा काठेपुलबाट खसेर एकजना बेपत्ता

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

बाजुरा जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– ४ घोडाकोट खोलाको काठेपुलबाट खसेर एकजना बेपत्ता भएका छन्। 

बुधबार दिउँसो १ बजेतिर लेकबाट भैँसी लिएर घर फर्किने क्रममा बुढीनन्दा नगरपालिका– ३ लैठारुख बस्ने अन्दाजी २८ वर्षका गंगा ल्वार रहेकाे प्रहरीले जनाएको छ। काठेपुलबाट ल्वारसँगै भैँसी र पाडो पनि खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

भैँसी र पाडोनजिकै सकुशल तैरिए पनि ल्वार बेपत्ता भएका प्रहरीको भनाइ छ। ल्वारको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी सहायक निरीक्षक दुर्गासिंह धामीको नेतृत्वमा टोली खटिएको छ।