१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ६ बुधबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस रकमसहित लहान नापी कार्यालयका अमिन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १६:२७:oo

सिराहाको लहानस्थित नापी कार्यालयको २ नं. टोलीको प्राविधिक फाँटमा कार्यरत करार सेवाका अमिन सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ परेका छन्।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो करिब १ बजेतिर अमिन दीपरञ्जन यादवलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घुस रकमसहित फाँटबाटै नियन्त्रणमा लिएको हो। 

लहान नगरपालिका १६ र १७ नम्बर वडामा पर्ने तरेगना गोविन्दपुर क्षेत्रको गाउँब्लक जग्गा नापीमा संलग्न रहेका यादवले स्थानीय व्यक्तिको हकभोगमा रहेको एक कट्ठा एक धुर गाउँब्लक जग्गा छोराबुहारीको नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउन १० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

जग्गा नाप भई नक्सासमेत बन्दै गरेको गाउँब्लक जग्गा छोराबुहारीको नाममा गरिदिने गरी घुस रकम लिएर काम गर्ने टेबुलको घर्रामा राखेको अवस्थामा अमिन यादव अख्तियारको नियन्त्रणमा परेका लहान नापीका सूचना अधिकारी मनोजकुमार यादवले बताए।

अख्तियारको टोलीले बरामद भएको घुस रकमसहित मुचुल्कालगायतका कागजात तयार गरी अमिन यादवलाई बर्दिबास लगेको छ। उनीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।