१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनी राष्ट्रपतिद्वारा ग्रिस भ्रमण, इयूका नेताहरूसँग भेट

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्रिसको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले सोमबार युरोपेली नेताहरूसँग भेट गरेका छन्।

आफ्नो भ्रमणका क्रममा जेलेन्स्कीले ग्रिसका प्रधानमन्त्री क्यारियाकोस मित्सोटाकिस र ग्रिसका राष्ट्रपति क्याटेरिना साकेलारोपौलोसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए। भ्रमणका क्रममा जेलेन्स्की युरोपेली संघ (इयू)का नेताहरूको अनौपचारिक बैठकमा समेत सहभागी भएका थिए।

उत्तरी ग्रिसको थेसालोनिकी सहरको बन्दरगाहमा आयोजना भएको इयू वेस्टर्न बाल्कन शिखर सम्मेलनको २० वर्ष पूरा भएको अवसरमा उनलाई निमन्त्रणा गरिएको बताइएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की ग्रिस पुगेपछि मात्रै उनको भ्रमणबारे औपचारिक घोषणा गरिएको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल