१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीमा मुख्यमन्त्री थापालाई विश्वासको मत, सभाको अध्यक्षता गरेका मन्सुरीले दिए निर्णायक मत

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

कोसी प्रदेशका मुख्यमन्त्री उद्धवबहादुर थापाले विश्वासको मत पाएका छन्। साेमबार प्रदेश सभाबाट विश्वासकाे मत परीक्षण गरेका थापाको प्रस्तावकाे पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत परेकाे छ।

सभा सञ्चालन गरेका जेष्ठ सदस्य कांग्रेस सांसद इस्राइल मन्सुरीले निर्णायक मत दिएपछि थापाले विश्वासकाे मत पाएका हुन्। कार्यबाहक सभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बैठकमा अनुपस्थित भएपछि सभाका जेष्ठ सदस्य मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।

पहिलोपटक माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनबाट २१ असारमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सभामुखको हस्ताक्षर दुरुपयोग गरेको भन्दै उनलाई सर्वोच्चले ११ साउनमा पदमुक्त गरेको थियो। त्यसपछि सभामुखलाई राजीनामा गराएर थापा १६ साउनमा गठबन्धनकै सहयाेगमा दोस्रोपटक कोसी प्रदेशको छैठौँ मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन कार्यबाहक सभामुख सिर्जना दनुवारसँग ३ भदौसम्मको समय माग गरेका थिए। तर, उपसभामुख दनुवारले ४ भदौमा विश्वासको मत लिने समय दिएकी थिइन्।

प्रदेश सभा सचिवालयले सोहीअनुसार सोमबार विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। तर, मुख्यमन्त्री थापाको विश्वासको मत असफल बनाउन मुख्य विपक्षी दल एमाले र अर्को विपक्षी दल राप्रपाले ९ जना जेष्ठ सदस्यहरूलाई बाध्यताको कारण देखाउँदै आइतबारदेखि नै बिदा बस्न लगाएको थियो।

४ भदौको बिहान ८ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएर उपसभामुख सिर्जना  दनुवार पनि बिरामीको कारण देखाउँदै सोमबार बिहानै काठमाडौं हिँडेकी थिइन्। यसले प्रदेश सभाको सोमबारको कार्यसूची नै अन्योलमा परेको थियो। तर, सत्तागठबन्धनले बैठक बसेर कानुनी परामर्शसहित सचिवालयसँग समन्वय गरेर सोमबार दिउँसो ३ बजे नै जेष्ठ सांसद कांग्रेसका मन्सुरीबाट सभा सञ्चालन गराएर मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।