
चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड– १९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरूप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एकवर्षे ऋणको प्रमुख ब्याजदर ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको छ भने पाँचवर्षे ब्याजदर ४.२ प्रतिशतमा कायम गरिएको जनाएको छ।
बजारलाई नजिकबाट पछ्याउँदै, जुनमा अघिल्लो कटौतीपछि, दुई दरहरूमा अहिलेसम्मको न्यूनदर कायम गरिएको छ। यो निर्णय वाणिज्य बैंकहरूलाई बढीभन्दा बढी र अधिक लाभप्रद दरमा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो।
सोमबारको कदम अन्य प्रमुख अर्थव्यवस्थाहरूले मुद्रास्फीति नियन्त्रण गर्न काम गरिरहेको वेला विश्वभर बढ्दो ब्याजदरको विपरीत छ। सन् २०२२ को अन्त्यमा स्वास्थ्य प्रतिबन्धहरू हटेपछि लामो समयदेखि प्रतीक्षा गरिएको कोभिड– १९ पछिको पुनरुत्थान हालका महिनाहरूमा समाप्त भएको छ।
अर्थतन्त्रलाई पुनर्जीवित गर्न केन्द्रीय बैंकले गत मंगलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो। वित्तीय नियामकहरूले ‘जोखिम र लुकेका खतराहरू’बाट जोगिन शुक्रबार ‘वित्तीय सहयोग’को आवश्यकतामा सहमति जनाएका छन्।
यो कदमबाट चिनियाँ स्टक बजार प्रभावित भएका छैनन्। स्टक बजार कारोबारमा हङकङमा १.४ प्रतिशत र सांघाईमा ०.६० प्रतिशतले गिरावट देखिएको छ।
केन्द्रीय बैंकको यो निर्णय चीनको विशाल कम्पनी कन्ट्री गार्डेन, जुन लामो समयदेखि आर्थिक रूपमा बलियो मानिन्छ र अहिले अति ऋणी। देशले सामना गर्नुपरेको संकटको रूपमा आएको छ।
यसले चीनमा आर्थिक संकटले डर बढाउँछ जसले घरेलु वित्तीय प्रणालीका लागि भयानक परिणामहरू निम्त्याउन सक्छ। कन्ट्री गार्डेनको समस्या यसको प्रतिस्पर्धी, एभरग्रान्डेको पतनको दुई वर्षपछि मात्र उत्पन्न भइरहेको छ।
घरजग्गाको समस्याका अतिरिक्त श्रम बजारमा अनिश्चितता र विश्वव्यापी आर्थिक मन्दीबीच सुस्त उपभोगका कारण पनि आर्थिक वृद्धिमा बाधा पुगेको छ। यी नकारात्मक घटनाक्रमले चिनियाँ सामानको मागमा असर पारिरहेको छ, जसले हजारौँ कारखानाको गतिविधिलाई सुस्त बनाइरहेको छ।
जुन महिनामा २१.३ प्रतिशत को रेकर्ड उच्च भएपछि चीनले गत मंगलबार आफ्नो विस्तृत युवा बेरोजगारी तथ्यांकको मासिक प्रकाशन लाई स्थगित गरेको आधिकारिक तथ्यांकले देखाएको छ। चीनमा, बेरोजगारी दर केवल सहरी क्षेत्रहरूका लागि गणना गरिन्छ र यसैले स्थितिको आंशिक तस्बिर मात्र प्रदान गर्दछ। रासस