१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलसँग रास्वपा सभापतिको भेट, सदनको गतिरोध अन्त्यका लागि सहजीकरण गर्न लामिछानेको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। 

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा रास्वपा सभापति लामिछानेले सदनको गतिरोध अन्त्यका लागि सहजीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

लगातार संसद् अवरुद्ध हुँदा जनसरोकारका मुद्दाहरूमा बहस तथा नीति निर्माणका माध्यमबाट जनसरोकार सम्बोधन गर्ने कार्य पनि अवरुद्ध भइरहेको भन्दै लामिछानेले सदन सञ्चालन गर्न सहजीकरणका लागि अनुरोध गरेका थिए। 

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण गत १० साउनयता संसद् चल्न सकेको छैन। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उसको माग सरकारले अस्वीकार गर्दै आएको छ। 

लगातार सदन अवरुद्ध भएपछि राष्ट्रपति पौडेलले समेत गतिरोध फुकाउन प्रयास गरेका थिए। त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरी संसद्को गतिरोधबारे छलफल गरेका थिए।