Skip This
शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

कञ्चनपुरको भीमदत्त नगरमा एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्।

भीमदत्त नगरपालिका– १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। आइतबार विद्यार्थीले शिक्षकमाथि कारबाहीको माग अघि सारेर विद्यालयमा विरोध प्रदर्शन गरेका छन्। 

३१ साउनमा शिक्षक जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषीउपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले शिक्षक र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्। आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। 

विद्यालय प्रशासनले भने शिक्षकले छात्रामाथि दुर्व्यवहार नगरेको दाबी गरेकाे छ। सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहाेराले ३१ साउनमा शिक्षक जाेशीकाे छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जाेशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए। 

प्रहरीले शिक्षक जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान पनि थालेकाे छ।