१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकद्वार संकट व्यवस्थापन केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३४:oo

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा आउने हिंसा प्रभावित महिलालाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ। 

केन्द्रको कार्यालय व्यवस्थापन र हिंसा प्रभावितहरूका लागि एक्सन एड नेपालको सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम (एलआरपी– ३६) अन्तर्गत शुक्रबार एक लाख १० हजार रुपैयाँ मूल्यका सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष उमेश बिसुन्केले बताए।

प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादवलाई सामग्री हस्तान्तरण गरिएको हो।  

केन्द्रलाई ब्रदर कम्पनीको एक–एक थान कलर प्रिन्टर, पेरी लाइट, म्याग्निफाइङ ग्लास, टेलिफोन सेट, हाइट स्केल, माइक्रोस्कोप ग्लास बक्ससहित १०–१० थान ह्यान्ड सेनिटाइजर, म्याक्सी र ओढ्ने सललगायतका सामग्री हस्तान्तरण गरिएको छ। 

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सामग्री हस्तान्तरण गर्दै हिंसा प्रभावित तथा पिछडिएका समुदायको व्यवस्थापनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

त्यस्ता समुदायका लागि काम गर्ने दायित्व राज्यको रहेको औँल्याउँदै निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले हिंसा प्रभावित महिलाको स्वास्थ्य उपचारसहित न्यायमा सहजताका लागि राज्यले गठन गरेको केन्द्रलाई संस्थाले उपलब्ध गराएको सामग्रीले काम गर्न थप सहजता हुने उल्लेख गरे। 

‘सानो सहयोगले पनि ठूलो कामलाई सघाइरहेको हुन्छ,’ उनले भने, ‘सहयोग सानो र ठूलो होइन, समय–सन्दर्भ ठूलो हो।’ संस्थामार्फत प्राप्त सहयोग सामग्रीको उचित व्यवस्थापनसहित आवश्यकताअनुसार उपयोग गर्न उनको आग्रह थियो।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले सहयोग सामग्रीले केन्द्रको अवधारणअनुरूप काम गर्न सहजतासँगै कार्यालयको व्यवस्थापकीय पक्ष र पीडितलाई प्रत्यक्ष सहायता पुग्ने बताए। 

केन्द्रमार्फत हिंसा प्रभावितहरूले आवश्यकताअनुसार सेवा प्रवाहका लागि सहयोग सामग्रीले ठूलो भूमिका खेल्ने चर्चा गर्दै उनले त्यसका लागि प्रहरीले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

के हो एकद्वार संकट व्यवस्थापन केन्द्र ?

लैंगिक हिंसापीडित वा प्रभावित व्यक्तिलाई आवश्यक सबै सेवाहरू जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारी गरेको छ। 

२०६९ सालदेखि सुरु भएको यो कार्यक्रम ७७ जिल्लाको ८८ वटा अस्पतालमा विस्तार भएको छ। स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय तथा कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनर्स्थापना केन्द्र निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था छ। 

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रले प्रभावितलाई उपचार, मनोपरामर्श सेवा उपलब्ध गराउनुको साथै आवश्यक कानुनी परामर्श, सुरक्षा आवास सेवाका लागि सहजीकरण गर्नुका साथै अन्य सेवामा प्रभावितको पहुँच पुर्‍याउन सहयोग गर्छ। 

ad
ad