१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ३ आइतबार ०७:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङ ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ रिटेलर मिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ३ आइतबार ०७:१५:००

काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालले काठमाडौंमा रिटेलर मिट आयोजना गरेको छ । मिटमा नयाँ फोल्डयोग्य उपकरणहरूका साथमा ९० भन्दा बढी व्यापारी साझेदारहरूको उपस्थिति थियो । कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताजस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइङ, सेल्फीलगायतबारे छलफल गरिएको थियो । 

ग्यालेक्सी जेड फ्लिप ५ तीन रङ मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबी)मा मात्र उपलब्ध छ र यसको मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का निलो दुई प्रकारका दामी रङमा पाइनुका साथै १२ जिबी मेमोरीसहितका २५६ जिबी र ५१२ जिबी भण्डारण क्षमता भएका दुई प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस २५६ जिबी)को मूल्य दुई लाख २६ हजार नौ सय ९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस ५१२ जिबी) को मूल्य दुई लाख ३९ हजार नौ सय ९९ कायम गरिएको छ ।

हरेक फोल्डयोग्य डिभाइसको प्रि–अर्डरमा ग्राहकले २५ हजार रुपैयाँसम्मका उपहार रोज्न सक्नेछन् । यसका साथै सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना सात हजारसम्मको न्यूनतम इएमआई तिरेर फोन किन्न सक्नेछन् ।