१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १ शुक्रबार १७:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

छैटौँ वार्षिकोत्सवमा आइएमई लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १७:४२:oo

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पूरा गरेको उपलक्ष्यमा  आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार देशका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६ सय १९ जना रक्तदाता सहभागी भएका थिए। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो।

कम्पनीको केन्द्रीय कार्यालय लैनचौरका साथै शाखा कार्यालयहरू बिर्तामोड, इटहरी, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यसअघि इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैलीजनित रोगहरूबारे अभिकर्ताहरूमाझ जनचेतना कार्यक्रम, धरानमा एक हजार वृक्षरोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानमा बृहत् स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसरसमेत पारेर वित्तीय जनचेतनाद्वारा युवा सशक्तीकरणको कार्यक्रम गरेको जानकारी दिए।

रक्तदानअघि आजै बिहान साढे ६ बजेदेखि काठमाडाैंलगायत सातै प्रदेशमा जीवन बिमाबारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो। देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा एक हजार पाँच सयजनाभन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ।