१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोसी नामकरणमा संसदीय दलले  गल्ती गरेको माओवादी प्रदेश कमिटीको निष्कर्ष

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

कोसी प्रदेश नामकरणमा मतदान गरेर संसदीय दलले  गल्ती गरेको माओवादी केन्द्रको प्रदेश कमिटीले निष्कर्ष निकालेको छ।

३१ साउनमा विराटनगरमा बसेको प्रदेश कमिटीको निर्णय सार्वजनिक गर्दै माओवादी केन्द्रले संसदीय दलले पार्टीको नीति र चाहनाविपरीत कोसी नामकरणमा सहमति जनाउँदै मतदान गरेर गल्ती गरेको निष्कर्ष निकालेको हो।

माओवादी केन्द्र प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङले आफ्नो पार्टी सधैँ बहुपहिचानको पक्षमा रहेकाले कोसी नामकरण संशाेधन गराउनुपर्ने मागमा पूर्ण रूपमा समर्थन गर्ने बताए। उनले आफ्नो पार्टी र संसदीय दलबाट भएको गल्तीप्रति आमनागरिकसँग क्षमायाचना गर्ने निर्णय गरेको पनि सुनाए।

प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवको नेतृत्वमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सभाबाट कोसी नामकरण हुनुमा पार्टीको पनि कमजोरी रहेको र आत्मालोचनासहित खारेज गर्न माग गर्ने निर्णय गरेको हो।

बहुपहिचानसहितको संघीयता र गणतन्त्र  माओवादीकै नेतृत्वमा भएको १० वर्षे जनयुद्धको प्रतिफल भएको र माओवादी सधैँभरि उत्पीडितहरूको पक्षमा रहेकाले पहिचानको मुद्दालाई सबै संघसंस्था  र पार्टीहरूले साझा बनाउनुपर्नेमा पनि माओवादीले जोड दिएको छ।

१७ फागुन ०७९ मा तत्कालीन १ नम्बर प्रदेश सभामा भएको नामकरण प्रस्तावको बैठकमा माओवादी केन्द्रका सबै १३ सांसदले भोट दिएका थिए। ९३ सांसद रहेको कोसीमा नामकरणमा दुईतिहाइभन्दा बढी ८२ जनाको मत प्राप्त भएको थियो।

पहिचानविरोधी नाम राखेको भन्दै आन्दोलन सुरु भएपछि माओवादी केन्द्र कोसी प्रदेशका सचिव गणेश उप्रेतीले  एमाले, कांग्रेस र राप्रपासँग मिलेर नामकरणलाई आत्मसात् गर्न आग्रह गर्दै विज्ञप्ति पनि जारी गरेका थिए।

तर, नामकरणविरुद्धमा आन्दोलन चर्किएपछि आफूहरू पहिचानविरोधी नभएको र संघर्षरत पक्षसँग वार्ता गर्न नमानेको भन्दै तत्कालीन गठबन्धनमा रहेको एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो।