१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार महिनामा ९३७ जनाले लिए टेलिमेडिसिन सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ।

गत आर्थिक वर्षको चार महिनामा नाै सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन्। उनीहरूले वैदेशिक रोजागारीको क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन्।

टेलिमेडिसिन सेवा लिनेहरूमा सबैभन्दा बढी मलेसियाबाट दुई सय ७५ जना छन् । त्यसैगरी, साउदी अरेबियाबाट दुई सय २७ जना, कतारबाट एक सय चार, युएईबाट ९७, कुवेतबाट ७१, कोरियाबाट ५७, जापानबाट १९, पोर्चुगलबाट र रोमानियाबाट ११–११ जना र अन्य विभिन्न मुलुकबाट ६५ जनाले सेवा लिएका बोर्डले जनाएको छ।

सबैभन्दा बढी मेडिसिनमा तीन सय १२, सर्जरीमा एक सय ७२ र अर्थोपेडिकमा एक सय ३२ जनाले सेवा लिएका छन्। गत आर्थिक वर्षको चैत महिनाबाट पाइलट टेस्टको रूपमा बोर्डले सुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए।

तत्कालका लागि एकजना चिकित्सक र दुईजना स्टाफ नर्स जुनसुकै समयमा पनि उपलब्ध हुने गरी सुरु गरिएको सेवा प्रभावकारी देखिएपछि विस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको उनले जानकारी दिए।