१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नवराज पनेरू डडेल्धुरा
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा घरको छतबाट लडेर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

डडेल्धुराकाे सदरमुकाममा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट लडेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी भट्टले बताए।