१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Friday, 09 May, 2025
रासस काठमाडौं
२o८o श्रावण ३१ बुधबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमान्डका मेजर जनरलको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १८:o२:oo

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमान्डका मेजर जनरल युई एन्डीले शिष्टाचार भेट गरेका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा बुधबार भएको भेटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मेजर जनरल एन्डीको नेतृत्वमा नेपालको पाँचदिवसीय भ्रमणमा आठसदस्यीय सीमा सुरक्षा टोली बुधबार नै आएको हो। उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए।

टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइ तथा काठमाडौ‌ं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीयस्थलको भ्रमण अवलोकन गर्नेछ। यसखाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नाका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्न नेपाली सेनाले विश्वास लिएको छ।