१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

सोमबार मुगुको सोरू गाउँपालिका– ७ चिप्लेगौँडामा भएको जिप दुर्घटनाका घाइते चारजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ।

जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भए पनि सिटिस्क्यानलगायतका अन्य सुविधा नहुँदा जिल्ला अस्पतालले रिफर  गरेपछि घाइतेहरूलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको हो।

वर्षातको कारणले कणाली राजमार्गअन्तर्गत गोठीजिउला–गमगढी सडक खण्डको ठाउँठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा सञ्चालनमा नभएकाले हेलिकोप्टरको व्यवस्था मिलाइएको मुगुबाट संघीय सांसद ऐनबहादुर शाहीले जानकारी दिए।

घाइतेहरूको टाउकोमा चोट देखिए पनि सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको चोट कत्तिको छ भन्ने थाहा नभएकाले सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका डाक्टर नहकुल शाहीले बताए।

९ जना सवार जिप सोमबार दिउँसो करिब ४ः४५ बजेतिर सडकभन्दा करिब दुई सय मिटर तल खस्दा पाँचजनाको ज्यान गएको थियाे। ज्यान गुमाउनेमा हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार नामका दुईजना, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो। सोरू गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य लोकजंग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।