१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। 

आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्ममा सोमबार राति आललागी भएको थियो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

रुसी स्वास्थ्य मन्त्रालयका अनुसार मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका छन्। केही अवस्था गम्भीर छ। मृतकको संख्या बढ्न सक्ने बताएको छ।

दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताए।

घटनाको खबर प्राप्त हुनेबित्तिकै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारेका थिए।