१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन्।

मृत्युदण्डको कानुनी व्यवस्था गरेपछि मात्रै अमेरिकालगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिने गरी कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतमले भने, ‘अमेरिकामा सम्झाइबुझाई गरेर समस्या समाधान भएन, त्यहाँको गम्भीर वर्णभेद । अनि अमेरिकामा कानुन बन्यो मृत्युदण्डको । त्यो विभेद गर्नेलाई, वर्णभेद गर्नेलाई त्यसो गरियो। त्यसपछि समाप्त भयो।’

नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिए पनि त्यसअनुसारको कानुन नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको सांसद गौतमको भनाइ छ।