१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ।

सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका खोस्ट प्रान्तका अधिकारीहरूले जनाएका छन्। विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ।

पाकिस्तानको बजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा बम विस्फोट भएको थियो। अहिले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल