१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौ‌
Invalid date format १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नरदेवीमा लागेको आगो नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

काठमाडौ‌ंको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौ‌ं महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्यांकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो। 

आगलागीबाट पाँचौँ तल्लाको ढोका र झ्याल क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ढुंगेलले बताए।