१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २८ आइतबार o७:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युतीय सवारी प्रवर्द्धन गर्न र्‍याली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o७:oo:oo

नेपाल विद्युत् प्राधिकरणले स्वच्छ हरित ऊर्जाको खपत बढाउन विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार आयोजना गरेको र्‍याली प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएर माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारीसाधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधन र सामग्रीको प्रयोग बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा ऊर्जासचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरूको उपस्थिति थियो । 

प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ । प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुरूप देशका विभिन्न ठाउँमा एक सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् ।

चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र दुई सय केभिएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग पनि बढ्दै गएको छ । आर्थिक वर्ष ०७७/७८ मा चारपांग्रे सवारीसाधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारीसाधनको संख्या ६६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएका छन् । तीन वर्षमा ९७९० दुईपांग्रे सवारीसाधन आयात भएका छन् ।