१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार o७:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

युरोप भ्रमण छोट्याएर स्वदेश फर्किंदै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o७:५o:oo

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल १ भदौमा स्वदेश फर्किने कार्यक्रम थियो । स्विट्जरल्यान्डपछि नेपाल हाल स्पेनमा छन् । उनले क्रोसिया र बेलायत भ्रमण भने स्थगित गरेका छन् ।

नेपाल भ्रमण छोट्याएर फर्किन लागेको उनीनिकट एक नेताले जानकारी दिए । नेपाल आइतबार नै स्वदेश फर्किने तयारी रहे पनि टिकट मिलिनसकेको उनले बताए । अब उनी सोमबार फर्किन लागेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रममा सहभागी नेपाल २२ साउनमा टर्कीको इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका थिए ।

नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्ने जिम्मवारी उपाध्यक्ष डा. बेदुराम भुसाललाई दिएका छन् । भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत हुन् ।