मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० श्रावण २४ बुधबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कन्टारमा सडक भासिँदा पृथ्वी राजमार्ग पुनः अवरुद्ध 

Read Time : < 1 मिनेट
२०८० श्रावण २४ बुधबार १४:५८:००

पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। 

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारीसाधन सञ्चालनका लागि पहल भएको छ। 

अवरुद्ध सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।