
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छिन्।
मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा नेपाल र युरोपेली संघबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिएकाे विज्ञप्तिमा जनाइएको छ।