१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २३ मंगलबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पा दुर्घटना : मृतक चारैजनाको सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १६:४९:oo

रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा माडी गाउँपालिका– २ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका– ४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी तथा परिवर्तन गाउँपालिका– ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।

बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचीमा दुर्घटनामा परेकाे थियो। दुर्घटनामा घाइते भएकाहरूलाई जिप र एम्बुलेन्समा थप उपचारका लागि दाङको घोराही पठाइएको छ।

बसमा बागमाराबाट १८ जनाले टिकट काटेको भनिए पनि बाटोमा अन्य यात्रु पनि सवार रहेको बुझिएको छ। सहिद मार्गको ऋचीमा कच्ची सडक र हिलाम्मे भएका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए।

सदरमुकाम लिवाङबाट प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरीक्षक श्याम सारुमगरलगायतको टोली घटनास्थल पुगेको छ। दुर्घटनालगत्तै नेपाल प्रहरीका दारबोट, जुँगार तथा सशस्त्र प्रहरी बलसमेत उद्धारमा खटिएको थियो।