१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

छिनखोलाका किसान व्यावसायिक आलु खेतीमा आकर्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ७ छिनखोलाका किसान यतिवेला बर्खेआलु भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्र लमजुङले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ दिएपछि छिनखोलाका किसान आलुखेतीतर्फ आकर्षित भएका छन्।

ज्ञान केन्द्रको सहयोगमा छिनखोलाका ५२ घरधुरीले ५० रोपनी क्षेत्रफलमा आलुखेती गरेका छन्। फागुनमा लगाइएको आलु अहिले खन्ने वेला भएको छ।

कृषि ज्ञान केन्द्रको सहयोगमा जनकदेव जातको स्थानीय आलु उत्पादन हुन थालेसँगै छिनखोलाका किसानको व्यस्ततासमेत बढेको स्थानीय अगुवा किसान अजय तामाङ बताउँछन्।

अलैँचीको राम्रो उत्पादन हुने छिनखोलामा आलुसँगै कोदो र मकैको पनि राम्रो उत्पादन हुन्छ । अलैँची उत्पादनमा नाम कमाएको छिनखोला गाउँ आलु उत्पादनमा पनि उत्तिकै अगाडि छ । यसपालि छिनखोलामा २६ टनभन्दा बढी आलु उत्पादन हुने अनुमान गरिएको छ।

तामाङका अनुसार अहिले उत्पादन भएको आलु भण्डारण गरेर राखिन्छ। भण्डारण गरेको आलु असोज कात्तिकतिर निकालेर बिक्री गरिन्छ । यसरी भण्डारण गरेर बिक्री गर्दा किसानलाई राम्रो मुनाफा आउँछ।

‘कृषि ज्ञान केन्द्रले अनुदानमा आलुको बिउ दिएपछि राम्रो आम्दानी भएको छ,’ स्थानीय चितरीमाया तामाङ भन्छिन्, ‘सरकारी निकायबाट सहयोग हुँदा गाउँलेलाई ठूलो राहत भएको छ। बेरोजगारले रोजगार पाएका छन्। गाउँमै काम पाउँदा स्थानीय युवाहरू रोजगारका लागि विदेश पलायन हुनुपरेको छैन।’ अलैँचीखेतीले विदेश गएका युवालाई गाउँ फर्काएसँगै आलुखेतीले पनि युवालाई गाउँबाट सहर जानबाट समेत केही हदसम्म रोकेको उनी बताउँछिन्।

राम्रो गुणस्तर र स्वादिलो भएकाले ङादीबजार, भुलभुले, खुदी र बेंसीसहरलगायतका स्थानीय बजारमा छिनखोलको आलुको ठूलो माग छ।