१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पामा बस दुर्घटना, चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँचजनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा १८ जना सवार भएको बुझिएको छ।