१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फिलिपिन्समा पाइलट पढेका आकांक्षा र अस्मीलाई अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ एभिएसन–प्लान्टर एभिएसन कर्पोरेसनले पाइलट पढेका दुई नेपाली विद्यार्थीलाई अवार्ड प्रदान गरेको छ। सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका क्याप्टेन आकांक्षा नकर्मी र क्याप्टेन अस्मी लम्सालले अवार्ड पाएका हुन्।

क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो भने क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरिएको हो, जसलाई ‘टप गन अवार्ड’समेत भनिन्छ। नकर्मी विशालनगर– ४ काठमाडौंकी र लम्साल पोखरा महानगरपालिका–  १७ की हुन्।

ट्रेनिङ पूरा गरेका पाइलटहरूलाई इन्स्टिच्युटले दीक्षित गरेको छ, जसमध्ये २२ जना नेपाली विद्यार्थी छन्। समारोहमा थुप्रै नेपाली पाइलटले विभिन्न अवार्ड पाएका छन्। पाइलट ट्रेनिङ फिलिपिन्सको उक्त सरकारी इन्स्टिच्युटमा थुप्रै विदेशी विद्यार्थी ट्रेनिङ लिन जाने गरेका छन्।