Skip This
संघीयताबारे नकारात्मक टिप्पणी नगरौँ : मन्त्री मोदी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीयताबारे नकारात्मक टिप्पणी नगरौँ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमी–कमजोरीलाई लिएर संघीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै संघीय मामिलामन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने सिलसिलामा भएका कमजोरीले संघीयता कमजोर नहुने बताए। व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वाभाविक रहेको उनको भनाइ थियो।

केही व्यक्ति र समूह सानासाना कमजोरीलाई देखाएर संगठित रूपमा व्यवस्था कमजोर बनाउन लागिपरेको मोदीको भनाइ थियो। स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भइसकेकाले विगतको अनुभव र कमजोरीहरू अहिलेका लागि मार्गदर्शक हुने उनले प्रस्ट्याए।