१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २२ सोमबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगुबाट पाल्पामा एकजनाको मृत्यु, ४५ जनामा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १८:१o:oo

डेंगु संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

तानसेन नगरपालिका वडा नं ६ बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो। अस्पतालमा भर्ना भएकै दिन उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्लामा हालसम्म ४५ जनामा डेंगु पजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।