१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० श्रावण २१ आइतबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध काठसहितकाे भ्यान प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०८० श्रावण २१ आइतबार १२:३७:००

डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ।

जिल्लाको गैँडाटार सबडिभिजन वन कार्यालयअन्तर्गतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको अवस्थामा बा.६च ४६०२ नम्बरको पिकअप भ्यान प्रहरीले बरामद गरेको हो।

चार थान गोलियासहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र वन गस्ती टोलीले काठसहितको भ्यान नियन्त्रणमा लिएको वन अधिकृत विमल ठाकुरले जानकारी दिए। भ्यानचालक फरार भएको र भ्यानमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको ठाकुले बताए।

बरामद गाडी, पक्राउ परेका चौधरी र काठको विषयमा थप कारबाही अघि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले जानकारी दिए।