१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २० शनिबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट लडेर अछाममा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार १४:१९:oo

अछामको मंगलसेन नगरपालिका– १ जैधनकी निर्मला साउद थापाको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न जाँदा भिरबाट लडेर उनको मृत्यु भएको हो।

१ वडा नम्बरको कार्यालयमा कार्यरत २५ वर्षीया निर्मला स्थानीय सागर थापाकी श्रीमती हुन्। उनका ३ वर्षका एक छोरा छन्। शनिबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएकी निर्मला अग्लो भिरबाट चिप्लिएर लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाउनु यहाँका महिलाहरूको नियति नै बनेको छ। यसअघि गत जेठ २८ गते सोही वडाकी देउकला नाथको भिरबाटै लडेर मृत्यु भएको थियो।