१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १८ बिहीबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करीमा पार्टीकै नेता–कार्यकर्ता संलग्न भए पनि नछोड्ने गृहमन्त्री श्रेष्ठकाे दृढता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार १९:५७:oo

सरकारको नेतृत्व गरिरहेको माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ। 

आज छलफलमा सहभागी हुँदै माओवादीका वरिष्ठ उपाध्यक्ष रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा पार्टीकै नेता–कार्यकर्ता संलग्न भए पनि नछोड्ने बताए।

पछिल्लो समय सुन तस्करी बढिरहेको र त्यसमा माओवादी पार्टीका नेताको नामसमेत चर्चामा रहेका वेला गृहमन्त्री श्रेष्ठले भने ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताका आधारमा सरकारले अनुसन्धान गरिरहेको छ। यसलाई निष्कर्षमा पुर्‍याइनेछ। जोसुकै भए पनि कारबाही गरिनेछ। चाहे हाम्रै पार्टीका नेता–कार्यकर्ता किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ।’

हिजोदेखि चलेको बैठकमा बोलेका अन्य केही केन्द्रीय सदस्यले पनि पार्टीका थुप्रै नेताहरूले भ्रष्टाचार र पदको दुरुपयोग गरी अनैतिक आर्थिक लाभ लिएको भन्दै राज्यकै संयन्त्रले उनीहरूमाथि छानबिन गर्नुपर्ने विचार व्यक्त गरेका थिए।