१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधि प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गणले हेटौँडाबाट बुधबार राति करिब १५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधिसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

हेटौँडा– ८ मा रहेको सशस्त्र प्रहरी बलको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गबाट भन्सार छली ल्याएको अवैध कपडा र प्रतिबन्धित औषधिसहित मालबाहक कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो।

१४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीका अनुसार सुरक्षा टोलीले एक लाख २० हजार रुपैयाँबराबरको पाइन्ट ३० पिस, तीन लाखबराबरको टिसर्ट दुई सय पिस, १० लाख २६ हजारबराबरको कुर्था ५१३ पिस गरी १४ लाख ४६ हजार मूल्यबराबरको कपडा बरामद भएको हो।

यस्तै, प्रहरी उपरीक्षक कार्कीले डेट एक्सपाएर भएको महारिच मल्टी भिटामिन १५० पिस र प्रतिबन्धित औषधि ट्रामडोल ५० एमजीको एक लाख ३१ हजार ७६० ट्याबलेट पनि बरामद गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी सहायक निरीक्षक सोनामसिंह मोक्तानको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१  ००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनरलाई विशेष सूचनाको आधारमा रोकी जाँच गर्दा उक्त परिणामको अवैध सामान बरामद गरेको हो।

टोलीले अवैध सामानसहित कन्टेनरका चालक काभ्रे देउपुर नगरपालिका वडा नम्बर ९ मण्डनका ४८ वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको सामान र पक्राउ परेका चालकलाई हिरासतमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।