१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नगर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:११:oo

ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु उद्घाटन भएको छ।

नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोपबहादुर अधिकारीलाई बिमा पर्चा प्रदान गरी स्वास्थ्य बिमा सेवाको उद्घाटन गरेका हुन्। सेवा शुभारम्भ गर्दै नगर प्रमुख लम्सालले स्वास्थ्य बिमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरीय सेवा प्रदान गरिने बताए।

ठाकुरबाबा नगरपालिकाले जेठ १७ गते स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार सेवा प्रदानसम्बन्धी सम्झौता गरेको थियो। बिमितलाई सेवा प्राप्त गर्न सहज होस् भनी आधारभूत नगर अस्पतालमा सेवा सुरु गरिएको नगर उपप्रमुख बिनाकुमारी भट्टराईले जानकारी दिइन्। 

अब आधारभूत नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य बिमा गरेका नगरवासीले बिमाबापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरू ठाकुरबाबा आधारभूत नगर अस्पतालबाटै पाउने भएका छन्।

बिमा कार्यक्रम लागू भएपछि नगरवासीले आधारभूत नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र एक सय ३३ थरीका औषधि पाउनेछन्।

यसबाहेक आधारभूत नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रियालगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ।

नगर अस्पतालमा बिमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बिमा सेवाका लागि हुने चाप घट्ने र स्थानीयस्तरमा उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने उपप्रमुख भट्टराईले बताइन्।

ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सेवा सुरु भएसँगै नजिकै सेवा प्रदायक स्वास्थ्य संस्था नहुँदा महँगो खर्चमा सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसअघि ठाकुरबाबा नगरपालिकाका बिमितहरू सेवा लिन बर्दिया अस्पताल गुलरिया र बाँकेको भेरी अस्पताल नेपालगञ्ज पुग्ने गरेका थिए।